ad ad

मधेस


मधेश प्रदेशको गृह मन्त्रालयले सुरक्षाकर्मीलाई दियो सवारीसाधन र उद्धार सामग्री

मधेश प्रदेशको गृह मन्त्रालयले सुरक्षाकर्मीलाई दियो सवारीसाधन र उद्धार सामग्री

शैलेन्द्र महतो
असार ३१, २०७९ शुक्रबार १४:१८, काठमाडौँ

मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले सुरक्षा निकायलाई सवारीसाधन तथा विपदबाट उद्धार गर्ने सामग्री हस्तान्तरण गरेको छ।

शुक्रबार एक कार्यक्रमका बीच प्रहरीलाई ९ वटा भ्यान र २९ वटा मोटरसाइकल हस्तान्तरण गरिएको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले हस्तान्तरण गरेका हुन्।

महिन्द्रा कम्पनीको भ्यान अग्नि इन्कर्पोरेटेड, काठमाडौंबाट भ्याटसहित २ करोड ८५ लाख  ६५ हजार ९८१ रुपैयाँमा खरिद गरिएको मन्त्रालयले जनाएको छ। प्रतिगोटा भ्यान भ्याटबाहेक २८ लाख ८ हजार ८४७ रुपैयाँ परेको हो।

त्यस्तै टीभीएस कम्पनीका १२५ सिसी मोटरसाइकल २९ वटा जगदम्बा मोटर्स, काठमाडौंबाट ५६ लाख ५१ हजार ९९ रुपैयाँमा खरिद गरिएको छ। प्रति मोटरसाइकल भ्याटबाहेक १ लाख ७३ हजार ३६२.८३ रुपैयाँ परेको छ।

त्यस्तै बाढीपहिरो, डुबानजस्ता विपदमा उद्धारका लागि बोटसहितको उद्धार सामग्री १ करोड ७४ लाख  १० हजार ५८८ रुपैयाँमा खरिद गरिएको हो।

यस्तै नेपाली सेनालाई प्रदान गरिएको ब्यान्डबाजा ९ लाख ७० हजार ८३९ रुपैयाँमा खरिद गरिएको छ। 

सवारीसाधन र उद्धार सामग्री हस्तान्तरण गर्दै प्रदेश गृहमन्त्री साहले आगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न र गाउँघरमा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मीलाई सवारीसाधनको आवश्यकता महसुस भएकाले प्रदान गरिएको बताए।

मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशमा बाढी डुबानको उच्च जोखिम रहेको बताएकाले उद्धार सामग्री पनि हस्तान्तरण गरिएको उनको भनाइ छ ।

हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव रामकुमार महतो तीनै तहका सुरक्षा निकायका प्रदेश प्रतिनिधि लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .