मधेस


मधेशको मुख्यमन्त्री बन्न जसपा संसदीय दलका नेता यादवको दौडधुप, हस्ताक्षर संकलन सुरु

मधेशको मुख्यमन्त्री बन्न जसपा संसदीय दलका नेता यादवको दौडधुप, हस्ताक्षर संकलन सुरु

जयन्त ठाकुर
पुस २७, २०७९ बुधबार ८:५८, जनकपुरधाम

जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले मधेश प्रदेशको मुख्यमन्त्री बन्न दौडधुप तीव्र बनाएका हुन्। उनले दल र स्वतन्त्र सांसदहरुसँगको छलफल तीव्र बनाएका हुन्।

जसपाको मधेश प्रदेश संसदीय दलका नेतामा चयन भएलगत्तै यादवले आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफललाई तीव्र बनाएका हुन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका छन्। तर, त्यसको दुई दिन अगाडि नै मंगलबार यादवले नेकपा एमाले लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने तयारी गरेका थिए। 

सत्तासाझेदार दलहरूसंग बैठक गरेर समर्थनमा हस्ताक्षर संकलन गरेपनि मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुट्न नसकेपछि मंगलबार दाबी पेश भएन्। 

मन्त्रालयको बाँडफाँडको विषयमा सहमति गरेरै अब दाबी पेश गर्ने तयारी रहेको एमालेका एक प्रदेशसभा सदस्यले नेपालखबरलाई जानकारी दिए। ती नेताका अनुसार अब पुस २८ गते मात्रै दाबी पेश गर्ने र बुधबार मन्त्रालय बाँडफाँडको टुंगो लगाइने छ। 

सत्तासाझेदार दलहरुसहित ६० भन्दा बढी प्रदेशसभा सदस्यहरुको समर्थन रहेको जसपा नेता यादवले दाबी गरेका छन्। सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरियतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ जनासहित कुल ६० जना सभासदको समर्थन रहने नेता यादवले बताए।

यसका साथै मंगलबार उनको समर्थनमा स्वतन्त्र प्रदेशसभा सदस्यहरू सुरिता साह, अनिरुद्द सिंह लगायतले समेत हस्ताक्षर गरेको स्रोतको दाबी छ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना सांसदको समर्थन चाहिन्छ। मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुनेछ। नियुक्त हुने नयाँ मुख्यमन्त्रीको शपथ ग्रहणका लागि तयारी समेत गरिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .