ad ad

मधेस


दिलीप महतो हत्यामा संलग्न २ जनालाई २५ र एक जनालाई १२ वर्ष कैद

दिलीप महतो हत्यामा संलग्न २ जनालाई २५ र एक जनालाई १२ वर्ष कैद

दिलीप महतो।


जयन्त ठाकुर
फागुन १२, २०७९ शुक्रबार १६:३९, जनकपुरधाम

अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका दिलीप महतोको हत्यामा संलग्न २ जनालाई २५ वर्ष कैदको फैसला सुनाइएको छ।

जिल्ला अदालत धनुषाले महतोको हत्यामा संलग्न २ जनालाई २५/२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको हो।

दिलीपको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्षको सजाय सुनाइएको छ भने कसूरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद सजाय सुनाइएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए।

जितेन्द्रलाई २ लाख ५० हजार जरिवाना समेत गरिएको छ।  विपिन र मुनिन्द्रलाई ५/५ लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यो रकम पीडित परिवारलाई उपलब्ध गराउनुपर्ने फैसलामा भनिएको श्रेस्तेदार बस्नेतले बताए।

उनीहरूले जरिवाना बुझाउन नसके राज्यकोषबाट क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने फैसलामा भनिएको छ।

न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले शुक्रबार कैद सजाय सुनाएको हो।

यसअघि फागुन ३ गते उनीहरुलाई अदालतले दोषी ठहर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .