पत्रकार पुडासैनीको आत्महत्या नभई हत्या हो कि भन्ने शंका भइरहेका बेला पोस्टमार्टम रिपोर्ट आत्महत्या नै गरेको ठहरसहित आएको छ।
पत्रकार पुडासैनीको पोस्टमार्टम रिपोर्टमा झुन्डिएर आत्महत्या गरेको उल्लेख छ। यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।
पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियो फरेन्सिक ल्याब परीक्षणबाट शालिकरामकै आवाज भएको पुष्टि भएको छ।
प्राप्त प्रमाणलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अध्ययन अनुसन्धान गरिरहेको छ। पुडासैनीकी श्रीमतीले भदौ १ गते आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी छन्।

प्रतिक्रिया