ad ad

फोटोफिचर


संसद भवनअगाडि ‘नो एमसीसी’ लेखिएको कुकर ‘नक्कली बम’ (तस्बिरहरु)


विक्रम राई
फागुन १६, २०७८ सोमबार १३:१७, काठमाडौँ

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि राखिएको वस्तु बम नभएको पुष्टि भएको छ। आइतबार 'नो एमसीसी' लेखिएको प्रेसर कुकर बम जस्तै बनाएर राखिएको फेला परेको थियो। 

बम भएको आशंका नेपाली सेनाले डिस्पोज गर्दा बम नभएको पुष्टि भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

बम राखिएको खबरपछि नेपाली सेनाको विशेष टोली त्यहाँ पुगेको थियो। बम डिस्पोजल टोलीले त्यहाँ हेर्दा 'नो एमसीसी' लेखिएको कुकर मात्रै भेटिएको हो। 

एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा नेत्रविक्रम चन्द विप्लवसहितका दलले आइतबार नेपाल बन्द गरेका छन्। उनीहरुले नै नक्कली वस्तु राखेर त्रसित पार्न खोजेको प्रहरीले जनाएको छ। अहिले जनजीवन सामान्य भइसकेको छ।

बम भएको आशंकामा नयाँ बानेश्वर चोकदेखि शान्तिनगरको बागमती पुलसम्म यातायात बन्द गरिँदा केही बेर त्यो क्षेत्र प्रभावित भएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .