ad ad

फोटोफिचर


युक्रेनमा शान्तिका लागि राजदूतहरुले बाले बौद्धमा दीप (फोटो फिचर)


विक्रम राई
फागुन १९, २०७८ बिहिबार १९:२०, काठमाडौँ

युक्रेनमा रुसको सैन्य आक्रमण आठौं दिन बिहीबार पनि जारी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म १० भन्दा बढी सहर ध्वस्त भइसकेका छन्। धेरै क्षेत्र भग्नावशेष र सुनसान देखिन थालेका छन्।

बम विस्फोटका त्रासले सडक सुनसान छन्। संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार १० लाखभन्दा बढी मानिसले देश छाडिसकेका छन्। बाँकी रहेकाहरू पनि हतास र निराश छन्।

यसैबीच युक्रेनमा शान्तिको कामना गर्दै बिहीबार काठमाडौंको बौद्धमा नेपालका लागि अमेरिकालगायत पश्चिमा मुलुकका राजदूतले दीपावली गरेका छन्।

बौद्धनाथ स्तुपामा दियो बाल्ने कार्यक्रममा अमेरिकी राजदूत र्यान्डी बेरीदेखि विभिन्न पश्चिमा मुलुकका राजदूत सहभागी भएका थिए। उनीहरूले रुसको आक्रमणविरूद्ध युक्रेनी झन्डा फहराएका पनि छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .