काठमाडौंको थापाथलीस्थित एक घरमा दुई मजदुरलाई ‘प्राइमर’ लगाउन भ्याइनभ्याइ छ। घर रंग्याउन व्यस्त एकजनाको न कम्मरमा सुरक्षा बेल्ड छ न त सुरक्षा पञ्जानै लगाएका छन्।
श्रम ऐन २०७४ को दफा ८५ को निर्माण श्रमिकसम्बन्धी विशेष व्यवस्थाको १ (क) ले निर्माणको लागि आवश्यक औजार, उपकरण तथा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउने दायित्व रोजगारदाताको हुने उल्लेख छ।
राजधानीको मुख्य सडकसँगै जोडिएको यो घरमा देखिएको दृश्यले मजदुर कति जोखिमपूर्ण काम गर्न बाध्य छन् भन्ने पनि देखाउँछ।
माघ १६, २०७९, साेमबार
234
Shares
प्रतिक्रिया