‘इनफ इज इनफ अभियान’का युवाहरुले सोमबार काठमाडाैंकाे वशन्तपुरमा विराेध प्रदर्शन गरेका छन्।
कोरोना संक्रमणको प्रभावकारी नियन्त्रण तथा पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग गर्दै सो अभियानका केही युवाहरु अघिल्लो शुक्रबारदेखि अनसनरत छन्। ह्याम्स अस्पतालमा भर्ना गरिएका अनसनरत अभियन्ताहरु ‘ई’ र पुकार बमलगायतको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन्।
युवाहरुले ‘बरु सलह किराका मूल्य भो, मान्छेको मूल्य खोइ?’, ‘हामी जवाफदेहिता, पारदर्शिता चाहन्छौं’, ‘सरकार तिम्रो पाराले दुःख पाए साराले’, ‘नो आरडीटी, एस पीसीआर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रतिक्रिया