कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको लकडाउनको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन्।
होटलहरु सञ्चालनमा आएपनि सेवाग्राही कहिले आउने निश्चित छैन । बिहीबार ठमेल क्षेत्रमा पुग्दा होटलहरु सुनसान थिए । अन्तर्राष्ट्रिय हवाइ उडान सुचारु नहुँदासम्म ठूला होटलहरुले ग्राहक नपाउने निश्चित छ।
सरकारले साउन ६ गतेबाट औपचारिक रुपमा बन्दाबन्दी नरहेको घोषणा गर्दै विभिन्न क्षेत्रलाई सुचारु गराएको थियो। त्यस्तै साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको थियो।
त्यसैले आजैदेखि होटल तथा रेस्टुराँ लगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालयहरु सञ्चालनमा आउने भएका छन्।
सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको र त्यसपछि मात्रै विदेशी पर्यटक नेपाल घुम्न आउने वातावरण बन्ने भएकाले पाँचतारे होटलको बिजनेस पनि त्यसपछि नै सुचारु हुने व्यवसायीकाे विश्वास छ।











Shares

प्रतिक्रिया