हरेक साल भक्तपुरको पोटरी स्क्वायरमा तिहार नजिकिएसँगै माटोको दियो बनाउन भ्याइनभ्याइ हुन्थ्यो। तर यसपटक कोरोना महामारीले त्यसलाई मारमा पारेको छ। माटोभाँडा व्यवसायीले बिक्री नहुने डरले माटोका भाँडा उत्पादनमा कम रुचि देखाएका छन्।
व्यवसायी बुद्धिराम प्रजापति भन्छन्, ‘पोहोर पोहोर धेरै बनायौँ, यसपटक बिक्री हुने छाँटकाँट छैन, त्यही भएर धेरै दियोलगायतका माटोभाँडा बनाएका छैनौँ।’ उनका अनुसार पोहोर १५ सयदेखि १८ सय वटासम्म दैनिक दियो बनाउने गरिएको थियो। किनकि तिहारमा माटोको दियो धेरै बिक्री हुन्छ। यसपटक भने उनीहरु दियोभन्दा अरु भाँडा बनाउन व्यस्त देखिन्छन्। पोटरी स्क्वायर पुग्दा माटोका कप, भाँडा, खुत्रुकेलगायतका भाँडा बनाइरहेको देख्न सकिन्छ।

प्रतिक्रिया