काठमाडौंमा ‘पाकिस्तान र नेपाल मैत्री व्यापार मेला’ सुरु भएको छ।
दुई मुलुकबीचको व्यापार विस्तारमा जोड दिने उद्देश्यका सोमबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा सो मेला सुरु भएको हो। सात दिनसम्म चल्ने मेलाको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदुत मजहर जाभेदले दुई मुलुकबीचको सम्बन्धलाई अझै विस्तार बनाउन मेला उपयोगी हुने विश्वास व्यक्त गरे।
ललितपुर उद्योग वाणिज्य संघको संयोजनमा आयोजना गरिएको सो मेलामा पाकिस्तानका छालाका सामग्रीहरु मुख्य आकर्षणका रुपमा रहेका छन्। त्यसैगरी मेलामा पाकिस्तानी सारी, कुर्ता, जुत्ता, चप्पल पनि राखिएका छन्।

प्रतिक्रिया