घरेलु मैदानमा सम्पन्न सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा आयोजक नेपाल च्याम्पियन बनेको छ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न च्याम्पियनसिपमा नेपालले कुल २९ स्वर्ण, २४ रजत र ५ कास्य पदक जित्दै च्याम्पियन बनेको हो।
२३ स्वर्ण, २२ रजत र १६ कास्य पदक जितेको भारत उपविजेता बनेको छ। तेस्रो भएको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कास्य पदक जितेको छ। पाकिस्तानले ४ स्वर्ण, १ रजत र १६ कास्य पदक हात पारेको छ। २ कास्य पदक जितेको भुटान भने पदक तालिकाको पुछारमा रह्यो।
नेपाल कराते महासंघको आयोजनामा भएको च्याम्पियनसिपको पहिलो दिन नेपालले १२ स्वर्ण पदक जितेको थियो। भारतले भने १६ स्वर्ण पदक हात पारेको थियो।
दुई दिन चलेको च्याम्पियनसिपमा ६ देशका २ सय ३७ खेलाडीले क्याडेड, जुनियर, यु २१ र सिनियरमा स्पर्धा गरेका थिए।
Shares
प्रतिक्रिया