जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अभियन्ताहरूले प्रदर्शन गरेका छन्।
सोमबार उनीहरूले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। जेनजी अलायन्स मुभमेन्ट, नेपाल जेनजी फ्रन्ट र जेनजी सिभिक फोरमले संयुक्त रुपमा प्रदर्शन गरेको हो।
जेनजी आन्दोलनको छानबिन गर्न सरकारले गौरबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले फागुन २४ गते छानबिन प्रतिवेदन बुझाएको थियो। सरकारले छानबिन प्रतिवेदन सार्वजनिक नगरेपछि जेनजी आगुवा प्रदर्नमा उत्रिएका हुन्।













72
Shares

प्रतिक्रिया