सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा विकको न्यायका लागि आफन्तजन काठमाडौँको माइतीघर मण्डलमा कालोपट्टी बाँधेर धर्नामा बसेका छन्।
इनिशाको हत्या भएको दुई साता बितिसक्दा स्थानीय प्रशासनले सत्य तथ्य बाहिर नल्याएको भन्दै उनीहरू धर्नामा बसेका हुन्। उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन, हत्यामा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्।
गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा उनी अचेत भेटिएकी थिइन्। स्थानीय बासिन्दाले वीरेन्द्रनगरकै प्रादेशिक अस्पताल पुर्याएका थिए। केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए।
बलात्कार तथा हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतले चार जनालाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






42
Shares

प्रतिक्रिया