राजनीति


माओवादी केन्द्रीय कमिटी बैठक आजै समापन गरिने

माओवादी केन्द्रीय कमिटी बैठक आजै समापन गरिने

नेपालखबर
साउन ३१, २०७८ आइतबार १४:६, काठमाडौँ

सत्ता साझेदार माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्तावमाथि हिजो गठित आठवटै समूहले सुझाव पेश गरेका छन्।

शनिबार बनाइएका आठवटा समूहले सुझाव दिइसकेपछि अहिले अनुपम फुडल्यान्डमा माओवादी स्थायी कमिटी बैठक बसिरहेको छ। 

'आठवटै समूहले दिए सुझाव दिइसकेका छन्। अहिले ती सुझावको जवाफ दिनका लागि स्थायी कमिटी बैठक बसिरहेको छ,' प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'हिजो २ बजेदेखि आज ११ बजेसम्म छलफल गरेर आठवटा समूहमा रहेका केन्द्रीय सदस्यले सुझाव दिइसक्नु भएको छ।'

स्थायी कमिटीको बैठकमा रिपोर्टमा प्रस्तुत भएका सुझाव र जिज्ञासा सम्बोधनबारे छलफल भइरहेको उनले बताए। 'त्यसपछि त्यसको स्पष्टीकरण दिनेबारे छलफल हुनेछ', उनले भने, 'अध्यक्षबाट जवाफ दिइसकेपछि सम्भवत आजै नै केन्द्रीय समिति बैठक सकिने छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad