ad ad

राजनीति


आज होला मन्त्रिपरिषद् विस्तार?

आज होला मन्त्रिपरिषद् विस्तार?

नेपालखबर
असोज १२, २०७८ मंगलबार ९:५५, काठमाडौँ

सरकारले सोमबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रिमण्डल विस्तारको बाटो खुलेको छ।

सत्ता गठनबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)  ले आफ्नातर्फबाट सरकारमा पठाउने मन्त्रीहरूको नाम आज टुंगो लगाउने जनाएका छन्।

यसर्थ आजै साँझ वा भोलि बुधबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना रहेको प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले जनाएको छ। 

एकीकृत समाजवादी पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति, पर्यटन मन्त्रालय दिने समझदारी बनिसकेको छ, अन्य मन्त्रालयको मात्र टुंगो लाग्न बाँकी छ। 

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मन्त्रालय भागबन्डाबारे छलफल जारी रहेको बताएका छन्।

यस्तै माओवादी केन्द्रबाट अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनिसकेकाले अन्य दलसँगको सहमति भएपछि मात्र मन्त्रालय टुंगो लगाउनेछ।

नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी  र राष्ट्रिय जनमोर्चाको समर्थन पाएका प्रधानमन्त्री देउवाले गत असार २९ मा ५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले सोही दिन माओवादी केन्द्रबाट २ र कांग्रेसबाट २ जनालाई मन्त्री बनाएका थिए।

साउन १० मा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र असोज ७ गते परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका देउवाले बाँकी मन्त्रालय आफैँले राखेका छन्। ​

यो पनि :

सरकार विस्तार: उपप्रधानमन्त्री नरहने, जसपा र एकीकृत समाजवादीले मंगलबार मन्त्री टुंग्याउने

नेकपा एकीकृत समाजवादीबाट बन्दै छन् यी ६ जना मन्त्री, रामकुमारी झाँक्रीदेखि प्रेम आलेसम्म

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .