नेपाली कांग्रेसका नेताहरू भारत भ्रमणमा जाने भएका छन्।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनीहरू बिहीबार भारतको भ्रमणमा जान लागेका हुन्।
कांग्रेसका सहमाहामन्त्री डा. प्रकाशशरण महतको सचिवालयका अनुसार उनीसहित नेताहरू अजय चौरसिया, उदयशमशेर राणा चार दिनका लागि भारत भ्रमणमा जाने भएका हुन्।
‘भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेको निमन्त्रणामा उहाँहरू नयाँ दिल्ली जान लाग्नुभएको हो। चारदिने भ्रमण तालिका छ’, महतको सचिवालयले भनेको छ।
यसअघि डा. महतले चौथाईवालेलाई नेपाल भ्रमणमा निम्त्याएका थिए।
त्यस क्रममा उनलाई प्रधानमन्त्री देउवाकी पत्नी आरजु देउवा राणाले रक्षाबन्धन बाँधिदिएकी थिइन्।
डेढ महिनाअघि काठमाडौंमा रहँदा चौथाईवालेले सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्रसहित विपक्षी एमाले र अन्य दलका दर्जनौं नेताहरूसँग भेटवार्ता गरेका थिए।
चौथाईवालेको नेपाल भ्रमण कांग्रेस नेतृत्वको सरकारसँग सम्बन्ध सुधार गर्ने दिल्लीको प्रयास मानिएको थियो।
चौथाईवालेलेको यो दोस्रो नेपाल भ्रमणसँगै नेपालका राजनीतिक दलहरूसँग भारतको सत्तारुढ भाजपाले सम्बन्ध विस्तार गर्न खोजेको प्रमाण मानिएको छ। अहिले हुन लागेको कांग्रेसको टोलीको भारत भ्रमण त्यही प्रयास अन्तर्गत हो।
Shares

प्रतिक्रिया