प्रदेश १ मा मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्।
विपक्षी गठबन्धनका तर्फबाट राईले दाबी पेश गरेका हुन्।
यसअघि प्रदेश प्रमुख सोमनाथ अधिकारीले भोलि (मंगलबार) दिउँसो १ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।
मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गरिएको हो।
दाबीमा विपक्षी गठबन्धनका ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर छ।
नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत भए पुग्छ।
याे पनि : प्रदेश १ मुख्यमन्त्रीमा दाबी पेश गर्दै गठबन्धन, ‘आलोपालो’ मिलाउने जिम्मा केन्द्रलाई
Shares
प्रतिक्रिया