राजनीति


भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवालाई प्रमुख अतिथि बनाइने!

भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवालाई प्रमुख अतिथि बनाइने!

फाइल फोटो


नेपालखबर
मंसिर ६, २०७८ सोमबार १३:५३, काठमाडौँ

भारतले आगामी जनवरी २६ मा मनाइने ७३ औँ गणतन्त्र दिवसका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ।

भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पमा अघि सारेको बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र-सरकार प्रमुखलाई गणतन्त्र दिवसमा प्रमुख अतिथि बनाउने योजना बनाएको हो। 

बिमस्टेकमा नेपाल, भारत, बंगलादेश,  श्रीलंका, भुटान, म्यानमार र थाइल्यान्ड सदस्य राष्ट्रका रुपमा रहेका छन्। पाकिस्तानसँगको तनावका कारण सार्कमा अरुचि देखाएको भारतले उसलाई बाहिर पार्दै बिमस्टेकलाई अघि सारेको छ। 

भारतीय प्रतिष्ठित अनलाइन इन्डियन एक्सप्रेसका अनुसार दिल्लीको लालकिल्लामा हुने गणतन्त्र दिवसको मुख्य परेडमा अतिथि बनाउने गरी बिमस्टेक सदस्य राष्ट्रसँग छलफल भइरहेको छ।

भारतीय विदेश मन्त्रालयले गणतन्त्र दिवसमा सबै बिमस्टेक सदस्य राष्ट्रको उपस्थिति सम्भव हुने नहुनेबारे कूटनीतिक च्यानलबाट छलफल अघि बढाएको इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा उल्लेख छ। 

ती राष्ट्र सबैले गणतन्त्र दिवसमा सहभागी हुने खबर गरेपछि मात्रै अतिथिहरूको विवरण सार्वजनिक तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .