ad ad

राजनीति


जसपा प्रदेश २ को अध्यक्षमा रामबाबु यादव

जसपा प्रदेश २ को अध्यक्षमा रामबाबु यादव

शैलेन्द्र महतो
मंसिर १५, २०७८ बुधबार १७:१३, काठमाडौँ

जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ को अध्यक्षमा रामबाबु यादव चयन भएका छन्। 

वर्तमान अध्यक्ष रहेका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विजय यादवलाई हटाएर रामबाबु यादवको अध्यक्षतामा ११ सदस्यीय मधेश प्रदेश नयाँ कार्यसमिति चयन गरेको हो। 

समितिमा पँचजना उपाध्यक्ष रहेका छन् भने मुख्यसचिवसहित चारजना सचिव र एक जना कोषाध्यक्ष रहेका छन्। 

उपाध्यक्षमा पृत पासवान, शम्भु झा, शेष नारायण यादव, बृज मोहन तिवारी र रामसेवक यादव छन्। 

यस्तै प्रमुख सचिवमा दिनेश कुमार यादव, सचिवहरुमा असुफ अलि, निरा साह र शैलेश कुमार साह छन्। यस्तै, कोषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको छ। 

जनकपुर स्थित जसपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कार्यसमितिको घोषणा गरिएको हो।  

पार्टी एकीकरण पश्चात केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय समिति, संघीय परिषद गठन भइसकेको अवस्थामा पार्टीको सांगठनिक संरचना अनुसार विभिन्न प्रदेश समितिहरु समायोजन हुनु पर्ने थियो।

सोही अनुसार गएको कार्तिक १५ गते बसेको प्रदेश परिषदको निर्णय अनुसार रामबाबु यादवको नेतृत्वमा नयाँ मधेश प्रदेश कार्यसमिति गठन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .