राजनीति


लोसपाबाट जनकपुरधामका मेयर र उपमेयरको लागि ५-५ जनाको नाम सिफारिस

लोसपाबाट जनकपुरधामका मेयर र उपमेयरको लागि ५-५ जनाको नाम सिफारिस

शैलेन्द्र महतो
चैत २७, २०७८ आइतबार २०:४३, जनकपुरधाम

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरका लागि ५/५ जनाको नाम सिफारिस गरेको छ। 

आइतबार बसेको लोसपा नगरस्तरीय बैठकले नगरप्रमुख र उपप्रमुखमा ५/५ जनाको नाम सिफारिस गरेको हो। 

बैठकबाट नगरप्रमुखका लागि मनोज चौधरी, परमेश्वर साह,  सञ्जय चौधरी, अमर पञ्जियार र जानकीराम साहको नाम सिफारिस गरेको हो। 

मनोज चौधरी हाल लोसपाका नगर सभापति, परमेश्वर साह प्रदेश सांसद र जानकी राम साह वडा नं. ७ का वडाध्यक्ष हुन्।  
 
त्यस्तै, उपप्रमुखमा महिना नेतृ विभा ठाकुर, विभा पाण्डे, रिताकुमारी मिश्र, पुनम झा मैथिली र पुनम साहको नाम सिफारिस गरिएको जनाएको छ। 
रिता कुमारी मिश्र हाल जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर हुन्।  

आज बसेको बैठकमा पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो।

लोसपाका केन्द्रीय सदस्य रुक्मिणी मण्डलको प्रमुख आतिथ्य तथा लोसपा धनुषाका अध्यक्ष परमेश्वर साह र नगर सभापति मनोजकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले मेयर र उपमेयरकाे उम्मेदवारको नाम सिफारिस गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .