भारतले अमेरिकी विदेश विभागको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी प्रतिवेदनमा असन्तुष्टि व्यक्त गरेको छ।
भारतले संविधानबाट संरक्षित आफ्नो धार्मिक स्वतन्त्रताको बारेमा अमेरिकी टिप्पणी जायज नभएको बताएको छ।
अमेरिकी प्रतिवेदनमा सन् २०१८ मा हिन्दु कट्टरपन्थी समूहले अल्पसंख्यकमाथि आक्रमण गरेका उल्लेख छ।
यसको प्रतिक्रिया जनाउँदै भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भनेका छन्,‘भारतलाई आफ्नो धर्म निरपेक्षताको विश्वसनियतामा गर्व छ। विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मूलक भएकोमा गर्व छ। सहिष्णुता र समावेशी समाजमा गर्व छ।’
उनले भारतको संविधानले अल्पसंख्यकसहित सबै नागरिकलाई मौलिक अधिकार प्रदान गरेको बताएका छन्।
उनले भारत यस अधिकारालाई संरक्षण गर्ने कुरामा तत्पर भएको तथा विदेशी संस्थाले देशको सहिष्णुता भड्काउने अभिव्यक्ति दिनुको औचित्य नभएको बताएका छन्।

प्रतिक्रिया