ad ad

राजनीति


दार्चुलामा ‘क्लिन स्वीप’ भएको कांग्रेसलाई जिसस प्रमुख

दार्चुलामा ‘क्लिन स्वीप’ भएको कांग्रेसलाई जिसस प्रमुख

गोकुल जोशी
जेठ ३०, २०७९ सोमबार १८:५८, कञ्चनपुर

स्थानीय तह निर्वाचनमा दार्चुलाका स्थानीय तहको प्रमुखमा ‘क्लिन स्वीप’ भएको नेपाली कांग्रेसले जिल्ला समन्वय समिति (जिसस) को प्रमुख जितेको छ। 

जिसस प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू  र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

दार्चुलामा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो। जिससमा एमालेलाई हराउँदै सत्तारुढ गठबन्धनले बाजी मारेको हो। 

खुला सदस्यमा गठबन्धनका खडक सिंह धामी, पुस्कर सिंह धामी र बलदेव सिंह ठगुन्ना विजयी भएका छन्। यस्तै, महिला सदस्यमा सरस्वती सार्की, गौरी टमटा र अस्मती टमटा तथा दलित सदस्यमा कमला सुनार विजयी भइन्। 

९ स्थानीय तह रहेको दार्चुलामा सत्तारुढ गठबन्धनसँग १० मत थियो भने नेकपा एमालेसँग ८ मत थियो।

दार्चुलामा नेकपा एमालेले २ नगरपालिकामा प्रमुख उपप्रमुख दुवै, ३ मा प्रमुख मात्रै र १ मा उपप्रमुख जितेको थियो। 

यस्तै, कांग्रेससँग चुनावी तालमेल गरेको नेकपा माओवादी केन्द्रले भागबण्डामा पाएका ४ पालिकामा प्रमुख र २  पालिकामा उपाध्यक्ष जितेको थियो।

नेपाली कांग्रेसले भने भागबण्डामा पाएका कुनै पनि पालिका प्रमुखमा जित्न सकेको थिएन। दार्चुलाका पालिकामा प्रमुखविहीन रहेको कांग्रेसले ४ पालिकाको उपप्रमुख मात्रै जितेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .