राजनीति


‘मिथ्या सूचना’ को जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री देउवा

‘मिथ्या सूचना’ को जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री देउवा

फाइल फोटाे


नेपालखबर
साउन ६, २०७९ शुक्रबार १५:८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताएका छन्।

शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

उनले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको बताए। 

उनले भने, ‘आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको छ। प्रविधिको विकासले सूचनालाई सहज, छिटो र छरितो बनाउने काम गरेको छ, भने अर्कोतिर मिथ्या भ्रामक सूचनाहरु फैलिनसक्ने चुनौती पनि त्यत्तिकै छ। पत्रकारिता क्षेत्र हिजो भन्दा आज झन संवेदनशील, उत्तरदायी हुन आवश्यक छ।’ 

उनले नागरिकमा सूचना फैलाउने काम पत्रकारिता क्षेत्रले गरिरहे पनि मिथ्या सूचनाको जोखिम बगिरहेकोले संवेदनशील, उत्तरदायी भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताए। प्रधानमन्त्री देउवाले प्रमाणमा आधारित सत्यतथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको आवश्यक्ता रहेको बताए।

उनले भने, ‘नागरिकलाई सूचना दिने कुरामा प्रमाणमा आधारित सत्यतथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन अझ बढी उत्तरदायी भुमिका खेल्नुपर्ने आवश्यक्ता छ। पत्रकारिताको संस्थागत विकास आजको आवश्यक्ता हो। स्वच्छ पत्रकारिताको प्रवद्र्धनका निम्ति प्रेस युनियन सक्रिय हुनुपर्छ।’

प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूले कसैको प्रलोभन, भय र दबाबमा नआइ निष्पक्ष ढंगबाट पत्रकारिता गर्न पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .