ad ad

राजनीति


सामूहिक हत्या अभियोगमा जेल रहेका आलम कांग्रेसबाट सर्वसम्मत सिफारिस

सामूहिक हत्या अभियोगमा जेल रहेका आलम कांग्रेसबाट सर्वसम्मत सिफारिस

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार १५:३५, काठमाडौँ

कयौँ सर्वसाधारणको हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफ्ताब आलमलाई नेपाली कांग्रेस रौतहटले संघीय संसदको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ। 

आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका आलामको नाम रौतहट क्षेत्र नम्बर २ उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएको हो। 

आलम हाल विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि ललितपुरस्थित कारागारमा रहेका छन्। 

आलमसँगै कांग्रेस रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिले अञ्जु झाको नाम पनि महिलातर्फ सिफारिस गरेको छ। 

आलमको कर्तव्य ज्यानसम्बन्धी मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ।

कांग्रेस रौतहटका सभापति जितेन्द्र यादव 'सुनिल'ले पनि क्षेत्रीय कार्य समितिले आलमको नाम सिफारिस गरेको समाचार मिडियाबाट सुनेको बताए।

'एकल निर्णय गरेर पठाएको भन्ने मैले पनि सुने। तर, मकहाँ औपचारिक रुपमा क्षेत्रीय समितिको निर्णय आइसकेको छैन', उनले नेपालखबरसँग भने।

उता आलमको नाम सिफारिस गरेको कांग्रेस रौतहट-२ क्षेत्रीय सभापति मोहम्मद फैजिलाको मोबाइल फोन भने बन्द रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .