राजनीति


ओलीले अदालतलाई प्रभावित पारेको चोलेन्द्रको बयानबाट पुष्टि भयो : प्रचण्ड

ओलीले अदालतलाई प्रभावित पारेको चोलेन्द्रको बयानबाट पुष्टि भयो : प्रचण्ड

नेपालखबर
असोज १, २०७९ शनिबार १५:५५, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अदालतलाई प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताएका छन्।

शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भएको उनले बताए।

‘अहिले सुनुवाइ समितिमा चलिराखेको सुनुवाइको प्रक्रियाले के कुरा प्रष्ट भएको छ भने त्यो प्रक्रियामा जे–जति कुरा आइराखेका छन्, त्यो कुराले के प्रष्ट भएको छ भने यो गठबन्धनको सरकार एकातिर जनताको भावना अनुसार, जनताको पहल अनुसार यो सार्वभौम संसदको बहुमत सांसदहरुको निर्णय अनुसार र देशका सबै नागरिक र बौद्धिक जमातको पनि पहल अनुसार भएको हो,’ उनले भने, ‘परमादेश अथवा अदालतको आदेश त्यो सुनुवाइ समितिमा चलेको बहसको निचोड मैले के बुझें भने सडकमा जनता पनि लाखौँ आएर घेरा हाले, पूर्वप्रधानन्यायाधीशदेखि बुद्धिजिवी, नागरिक आन्दोलन सबैले पनि दबाब दिए। अनि संसदभित्रको बहुमतले पनि यो स्वीकार्य छैन भनेपछि र स्वयम् संवैधानिक इजलासको बहुमतले पनि गलत हुन्छ विघटन भनेपछि आदेश जारी गरेको भनेर खुलेआम आएको छैन र अहिले? के यो कुराले त्यो तथ्यलाई प्रमाणित गरेको छैन?

‘अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम त अघिल्लो सरकार र त्यसको नेतृत्वले गरेको रहेछ भन्ने पो पुष्टि भएको छ। अनि उहाँलाई परमादेश भनेर नकारात्मक टिप्पणी गर्ने अधिकार कहाँबाट प्राप्त भयो?’ प्रचण्डले थपे, ‘मैले यो पनि बुझेको छैन। त्यसलाई ठूलो संवैधानिक दुर्घटनाबाट बचाउनको निम्ति हामीले संविधान, लोकतन्त्र र राष्ट्रको पनि रक्षा गर्ने उद्देश्यको साथ उहाँले चालेका त्यतिबेलाको सरकार र त्यतिबेलाको प्रधानमन्त्रीले चालेका असंवैधानिक कदमलाई करेक्सन गर्ने उद्देश्यका साथ यो गठबन्धन बनेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad