ad ad

राजनीति


राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक

नेपालखबर
असोज ५, २०७९ बुधबार ६:१६, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी १५ दिन गुजारेकी छन्।

भदौ २० गते दोस्रोपटक संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक प्रमाणीकरण समयसीमा मंगलबार राति १२ बजेसम्म प्रमाणीकरण नगरेकी हुन्। 

यसअघि पहिलोपटक पठाउँदा उनले पुनःविचारका लागि भन्दै नागरिकता विधेयक संसदमै फिर्ता पठाएकी थिइन्। 

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकी छन्। संविधानको धारा ११३ को उपधारा (४) मा एउटै विधेयक दोस्रो पटक प्रमाणिकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .