राजनीति


महेश बस्नेत भन्छन्– राष्ट्रपतिको साहसिक कदमलाई उच्च सम्मान

महेश बस्नेत भन्छन्– राष्ट्रपतिको साहसिक कदमलाई उच्च सम्मान

नेपालखबर
असोज ५, २०७९ बुधबार १४:११, काठमाडौँ

नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर साहसिक काम गरेको बताएका छन्। 

राष्ट्रपतिको कदमले संविधान उल्लंघन भएको आवाज उठिरहेका बेला एमालेका नेता बस्नेतले भने उच्च सम्मान प्रकट गरेका हुन्।

बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपतिको तस्वीर सेयर गर्दै बस्नेतले लेखेका छन्,–महामहिम राष्ट्रपति ज्युको साहसिक कदमलाई उच्च सम्मान !’

राष्ट्रपतिको कदमका विषयमा एमालेको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। नेता बस्नेतले संविधान मिच्ने राष्ट्रपतिको कदमप्रति समर्थन जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .