ad ad

राजनीति


केही क्षेत्र राप्रपा र जसपालाई छाड्दै एमालेले छान्यो लुम्बिनीका उम्मेदवार

कुन क्षेत्रबाट कसले पाए टिकट?
केही क्षेत्र राप्रपा र जसपालाई छाड्दै एमालेले छान्यो लुम्बिनीका उम्मेदवार

दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका शंकर पोखरेल


सुदीप भण्डारी
असोज २१, २०७९ शुक्रबार २२:९, बुटवल

नेकपा एमालेले लुम्बिनी प्रदेशका उम्मेदवार टुंगो लगाएको छ। प्रदेशका २६ वटा संघिय क्षेत्र र ५२ वटा प्रदेश सभा क्षेत्र मध्ये केही क्षेत्र तालमेलको लागि छोडिएको छ। 

रुपन्देहीमा एमालेले २ वटा क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। क्षेत्र नम्बर १ मा छविलाल विश्वकर्मा र २ मा विष्णु पौडेल उम्मेदवार बन्ने छन्। 

३ मा राप्रपासँगको तालमेलको लागि छुट्याइएको छ। जहाँ २०७४ को निर्वाचनमा एमालेका घनश्याम भुसालले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरालाई हराएका थिए।

यो पटक यो क्षेत्रमा उनै दीपक बोहोरा एमालेको साथ लिएर उठ्ने करिब पक्का छ। रुपन्देहीका ४ र ५ मध्ये एउटा जसपाले पाउने सम्भावना छ। 

प्रदेशसभा तर्फ १ (क) तालमेलका लागि छुट्याइएको छ। (ख) बाट दधिराम न्यौपानेले टिकट पाएका छन्। रुपन्देही–२ (क) लिला गिरि र (ख) भोजप्रसाद श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्। ३ (क) मा तालमेलका लागि छुट्याइएको छ।

प्रदेश ३ (ख) मा तुलसीप्रसाद चौधरी उम्मेदवार बन्ने छन्। ४ (क) मा हजरत अली र (ख) तालमेलका लागि छुट्याइएको छ। रुपन्देही–५ (क) भुमेश्वर ढकाल र (ख) मा तालमेलकै लागि छुट्याइएको छ। अलीबाहेक टिकट पाएका सबै पुरानै अनुहार हुन्। 

कपिलवस्तु–१ मा बलराम अधिकारी, २ मा बृजेशकुमार गुप्ता, र ३ मा मंगलप्रसाद गुप्ता उम्मेदवार बन्ने छन्। मंगल गुप्ता केही महिना अघि एमाले प्रवेश गरेका हुन्। 

बृजेश निवर्तमान सांसद र बलराम सोही क्षेत्रका उम्मेदवार थिए। प्रदेशसभा तर्फ १ (क) विष्णु पन्थी र (ख) तालमेलका लागि छुट्याइएको छ। २ (क) मा नवराज लामिछाने र (ख) धर्मबहादुर लाल श्रीवास्तव उम्मेदवार बन्ने भएका छन्। ३ (क) अर्जुनकुमार रेग्मी र (ख) मा तालमेलका लागि छुट्याइएको छ।

प्रतिनिधि सभा तर्फ दाङ–१ मा निवर्तमान समानुपातिक सांसद शान्ता चौधरी, २ मा लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा महासचिव शंकर पोखरेल र ३ मा कोमल वली उम्मेदवार बन्दै छन्। 

प्रदेश सभा तर्फ १ (क) मा गंगाराम भट्टराई र ९ख० मा कुलप्रसाद केसी,  २ ९क० बलिभद्र राना र ९ख० मा गिरिराज केसी तथा ३  (क) मा घनश्याम पाण्डे र (ख) हुकुमबहादुर बस्नेत उम्मेदवार बन्ने भएका छन्।

बाँके–१ मा सूर्यप्रसाद ढकाल, २ मा तालमेलको लागि छुट्याइएको छ, भने ३ मा किस्मत कक्षपती उम्मेदवार बनेका छन्। प्रदेशसभा तर्फ १ (क) तालमेलका लागि छुट्याइएको छ भने (ख) दुर्गाप्रसाद चौधरी, २ (क) मा विजय यादव र (ख) मा निरजबहादुर गुरुङ  तथा ३ (क) रत्नबहादुर खत्री र (ख) भीमबहादुर वली उम्मेदवार बन्दै छन्। 

बर्दिया–१ मा लक्ष्मणराज ज्ञवाली, २ मा पंकजसिंह राठौर उम्मेदवार बन्दैछन्। प्रदेश सभातर्फ १ (क) मा शालिकराम अधिकारी र (ख) भक्तबहादुर विक, २ (क) लहनु चौधरी र (ख) मा कृष्णी थारुले टिकट पाएका छन्। 

गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली र २ मा गोकर्ण विष्ट दोहोरिँदै छन्। प्रदेशसभा तर्फ १ (क) चिन्तामणि पाण्डे र (ख) मा ठर्सूराम पाण्डे, २ (क) मा डिल्लीराज भुसाल र (ख) मा दिनेश पन्थीले टिकट पाउने भएका छन्। पाल्पा–१ मा नारायणप्रसाद आचाय र २ मा ठाकुर गैरेले पहिलो पटक प्रतिनिधि सभाको लागि उम्मेदवार बन्दै छन्। 

प्रदेशसभा तर्फ १ (क) मा राजुप्रसाद श्रेष्ठ र (ख) मा खिमबहादुर सारु, २ (क) पर्शुराम भट्टराई र (ख) मा ओमबहादुर घर्ती उम्मेदवार बन्नेछन्। 

नवलपरासी पश्चिम–१ तालमेलका लागि छुट्याइएको छ भने २ मा दिपेन्द्र अधिकारीले टिकट पाएका छन्।  प्रदेशसभा तर्फ १ (क) मा पुन्यप्रसाद पौडेल र (ख) मा दीपकराज शर्मा,  २ (क) मणिप्रसाद गैरे र (ख) तालमेलका लागि छुट्याइएको छ।

सूर्य थापा क्षेत्रीले प्युठानबाट टिकट पाएका छन्। यहाँ प्रदेशसभा तर्फ (क) तुलसीराम शर्मा र (ख) मा हरिप्रसाद रिजालले उम्मेदवार बन्दै छन्। अर्घाखाँचीबाट माओवादीबाट आएका टोपबहादुर रायमाझी दोहोरिँदै छन्। प्रदेशसभा तर्फ (क) चेतनारायण आचार्य र (ख) बाट रामजीप्रसाद घिमिरेले टिकट पाउने भएका छन्। 

रोल्पाबाट पूर्णबहादुर बुढामगरले टिकट पाएका छन्। प्रदेशसभा तर्फ (क) मा कमल बुढाथोकी र (ख) मा प्रेमबहादुर घर्तिमगर उम्मेदवार बन्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .