राजनीति


ओलीले भाषण गरिरहेको आमसभामा जब भीम रावलको नाम गुञ्जियो

ओलीले भाषण गरिरहेको आमसभामा जब भीम रावलको नाम गुञ्जियो

नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १८:४२, कञ्चनपुर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट आसन्न चुनाव लक्षित अभियानको उद्घाटन गरे। 

दार्चुला र बैतडीका कार्यकर्तालाई सम्बोधन गरेर शुक्रबार दिउँसो ओली कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्न पुगे।

ओलीको भाषण सुन्न बिहानैदेखि महेन्द्रनगर खुलामञ्चमा मानिसहरुको भिडभाड थियो। 

ओली डडेल्धुरामा कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन रहेको भनेर कार्यकर्ताहरुलाई सम्झाइरहेका थिए। 

‘पार्टीविरोधी कुनै पनि उम्मेदवारलाई समर्थन गर्दैनौँ, केन्द्रको निर्णय अक्षरश पालना गर्नुपर्छ,’ ओली भनिरहेका थिए। 

यसै क्रममा दर्शकदीर्घाबाट आवाज आयो– भीम रावल...! 

अनि ओलीले त्यतैतिर फर्केर भने, ‘भीम रावलको तपाईहरुलाई कति चिन्ता? ०४८ सालदेखि खादैहुनुहुन्छ, बुढो भइसक्नु भयो... अरुलाई मौका दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल.. थुप्रो रावलहरु छन् नि सुदूरपश्चिममा, थुप्रो रावलहरुलाई अगाडि लैजानुछ...।’

ओलीसँग १० औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता रावलले यसपटक अछाम १ मा टिकट पाएनन्। उनको टिकट खोसेर ओलीले त्यहाँ माओवादी पृष्ठभूमिका झपट बोहरालाई उम्मेदवार बनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .