राजनीति


बागी र समर्थकसहित ७६ नेता कांग्रेसबाट निष्काशित, अभिलेखबाट नाम हटाइयो

बागी र समर्थकसहित ७६ नेता कांग्रेसबाट निष्काशित, अभिलेखबाट नाम हटाइयो

फाइल फोटाे


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार २०:२६, काठमाडौँ

नेपाली कांग्रेसले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेता, प्रस्तावक र समर्थक गरी ७६ जनालाई पार्टीबाट निष्काशित गरेको छ। 

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले ७६ नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निषकाशन गरिएको जानकारी दिएका छन्। 

उनीहरुको नामावली पार्टीको अभिलेखबाटसमते हटाइएको कांग्रेसले जनाएको छ।

साथै, त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावलीसमेत अभिलेखबाट हटाइने उल्लेख गर्दै ढुंगानाले तत्काल केन्द्रीय अनुशासन समितिमा त्यस्ता नामावली पठाउन समेत निर्देशन दिएका छन्।

‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन –२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’ संयोजक ढुंगानाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

यी हुन् कांग्रेसबाट निष्काशित नेता–कार्यकर्ता 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .