राजनीति


भक्तपुरमा जनताले गठबन्धनलाई टर्च बालेर खोज्दैछन् : महेश बस्नेत

भक्तपुरमा जनताले गठबन्धनलाई टर्च बालेर खोज्दैछन् : महेश बस्नेत

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १३:४७, काठमाडौँ

नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन्। 

भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार उनले थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र नं. २ ‘ख’ प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

आफू र २ नं. क्षेत्रका एमालेको उम्मेदवारको लोभ भनेको नै विकास र समृद्धिको साथमा जनताको चाहना पूरा गर्नु रहेको उनले बताए। 

'बाँकी जीवन राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा रही देश विकासमा लाग्छु', उनले भने, 'मैले कुनै पनि कुराको नेतृत्व गर्दा आर्थिक लोभमा कहिले पनि परेको छैन। अबका दिनमा अझै बढी सक्रियतासाथ नेपाललाई विकसित राष्ट्र बनाउन लाग्छु।'

उनले आफूले भ्रष्टाचार हुन नदिने र गर्न पनि नदिने वाचा गरेका छन्। ‘अब मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ। राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन', उनले भने, 'म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिवद्धतालाई शतप्रतिशत पुरा गर्नेछु।’

केपी ओली नेतृत्वको सरकारको पालामा भक्तपुरमा संघीय सरकारबाट मा २६ अर्बभन्दा बढी बजेट ल्याई पूर्वाधारका क्षेत्रमा काम गरेको बस्नेतले बताए। उनले ‘जहाँ एमाले त्यहाँ विकास’ भन्ने अभियान नै चलाएको स्मरण गरे।

उनले भक्तपुरमा गठबन्धनलाई खोज्ने अवस्था आएको बताए। 'जनताले टर्च बालेर भक्तपुरमा गठबन्धन दल तथा नेताहरु छन् कि छैनन् भनि खोजिरहेका छन्', उनले भने, 'एमाले जनताको सल्लाह बमोजिम चल्ने पार्टी भएकाले जनताको सुझावको आधारमा नै प्रतिवद्धता हुनेछन्।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .