नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाएको भए खारेजीमा परेको तत्कालीन नेकपा नफुट्ने बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले अहिलेको अवस्थमा समान विचार र सिद्धान्त भएका दल र नेताहरु एकै ठाउँमा उभिनु उचित हुने बताएका हुन्।
त्यसो हुन सके राजनीति पनि स्वच्छ हुने तर्क उनले गरेका छन्। ‘समान सिद्धान्त, विचार र कार्यक्रम भएका दल र व्यक्ति एक ठाउँमा रहनु स्वच्छ राजनीति हो', उनले भनेका छन्, 'यो लोकतन्त्रका लागि राम्रो हुन्छ। यति छिट्टै प्रचण्डलाई फकाउन सक्ने ओलीजीले पार्टी टुक्रा टुक्रा हुँदा के हेर्नुभयो?’
यसैबीच भीम रावललाई जिल्ला कमिटीले टिकटका लागि गरेको सिफारिसविपरीत झपट बोहोरालाई उठाउँदा अछाममा एमाले क्लिन स्विप भएको छ।
उसले संघीय संसद र प्रदेशसभा सबै सिट गुमाउँदा अछाममा क्लिन स्विप भएको हो।
यति छिट्टै प्रचण्डलाई फकाउन सक्ने ओलीजीले पार्टी टुक्रा टुक्रा हुँदा के हे... https://t.co/9F8y2Vd8o8 via @YouTube— Bhim Rawal, PhD (@BhimRawal179) November 25, 2022समान सिद्धान्त, विचार र कार्यक्रम भएका दल र व्यक्तिहरू एक ठाउँमा रहनु स्वच्छ राजनीति हाे । याे लाेकतन्त्रका लागि राम्राे हुन्छ ।
Shares

प्रतिक्रिया