ad ad

राजनीति


बाजुरामा सर्वदलीय सहमति, साढे ३ बजेबाट मतगणना सुरु हुने

बाजुरामा सर्वदलीय सहमति, साढे ३ बजेबाट मतगणना सुरु हुने

फाइल।


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १४:४७, काठमाडौँ

बाजुरामा मतगणना सुरु हुने भएको छ। सर्वदलीय सहमति भएपछि अहिले साढे ३ बजेबाट मतगणना सुरु हुन लागेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले नेपालखबरलाई जानकारी दिए। 

‘यहाँ सर्वदलीय सहमति भयो,’ पौडेलले नेपालखबरसँग भने, ‘अहिले साढे ३ बजेबाट मतगणना सुरु हुने भएको छ।’

यसअघि पटक पटक बसेको सर्वदलीय बैठकमा पनि सहमति जुट्न सकेको थिएन्।

निर्वाचन आयोगले बुधबार बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै गणना सुरु गर्न निर्देशन दिएको थियो। तर अझैसम्म मतगणना सुरु हुन सकेको छैन।

बुधबारको बैठकमा पनि एमालेका प्रतिनिधि सहभागी भएका थिएनन्। 

मतदानको दिन हत्या गरिएका एमाले निकट अनेरास्ववियुका चेतन ऐडीको घटनामा संलग्न दोषिलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गर्दै एमाले आन्दोलनमा छ।

मतदानको दिन बाजुराका विभिन्न ठाउँमा गरेर २० भन्दा बढी ठाउँको मतदानमा विवाद उत्पन्न भएको थियो। जसले गर्दा बाजुरामा पुनः निर्वाचन गराउने वा मतगणना गर्ने अन्योल थियो। निर्वाचन आयोगको निर्णय पश्चात् उक्त अन्योलता हटेपनि मतगणना भने सुरु हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .