राजनीति


प्रधानन्यायाधीश प्रकरणबारे भीम रावलको टिप्पणी : बेथिति र विकृतिको पराकाष्ठा

प्रधानन्यायाधीश प्रकरणबारे भीम रावलको टिप्पणी : बेथिति र विकृतिको पराकाष्ठा

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०७९ बिहिबार ७:४३, काठमाडौँ

नेकपा एमालेका नेता भीम रावलले संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भनेर पत्र दिनु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा भएको टिप्पणी गरेका छन्। 

महाभियोग निष्प्रभावी भएको पत्र पाएपछि चोलेन्द्र सरकारी निवास बालुवाटारबाट बुधबार सर्वोच्च अदालत जाने तयारी गरेका थिए। तर सरकार र वकिलहरूको अवरोधका कारण उनी सर्वोच्चमा हाजिर गर्न गएनन्। 

उक्त प्रकरणको जिम्मेवारी राज्य सञ्चालन गर्नेहरूले लिनुपर्ने एमाले नेता रावलले बताएका छन्।  

‘प्रन्या चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगको सन्दर्भका घटनाक्रम र निजको उमेरले अवकाश हुने दिन नजिकिँदै गर्दा संसद् सचिवालयका महासचिवले निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसको देश, राज्य र राजकाज चलाउनेहरूले जिम्मेवारी लिनु पर्दैन र?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .