ad ad

राजनीति


कमेडी च्याम्पियन हिमेश पन्तको निर्वाचन खर्च ५ लाख ५० हजार

कमेडी च्याम्पियन हिमेश पन्तको निर्वाचन खर्च ५ लाख ५० हजार

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १५:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कमेडी च्याम्पियन हिमेश पन्तले निर्वाचन आयोगसमक्ष निर्वाचनमा भएको खर्च विवरण पेस गरेका छन्। 

धादिङ–१ बाट उम्मेदवार रहेका पन्तले शुक्रबार जिल्ला निर्वाचन कार्यालयमा ५ लाख ५० हजार ७०५ रुपैयाँ निर्वाचनमा खर्च भएको विवरण पेस गरेका हुन्। 

‘हालै सम्पन्न निर्वाचनमा मैले धादिङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने क्रममा ५ लाख ५० हजार ७०५ रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यलय, धादिङ समक्ष पेस गरेको छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

निर्वाचन आयोगका अनुसार पन्त १२ हजार ४९४ मत प्राप्त गरेर तेस्रो भएका थिए। यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डे ३६ हजार १८ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .