राजनीति


ओलीले अन्तत: प्रचण्डलाई पनि बालकोटको बार्दलीमै उभ्याए

ओलीले अन्तत: प्रचण्डलाई पनि बालकोटको बार्दलीमै उभ्याए

बालकोटको बार्दलीमा उभिएर अभिवादन गर्दै ओली र प्रचण्ड। तस्बिर : राजन काफ्ले


नेपालखबर
पुस १०, २०७९ आइतबार १६:४३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७८ असार २८ गते सरकारबाट हटेपछि बालकोटस्थित बार्दलीमा पुगेर आफ्ना कार्यकर्तालाई सम्बोधन गरेका थिए। 

बालकोटको बार्दलीबाट उभिएर सम्बोधन गर्दै गर्दा ‌ओली आफ्नै अहमले बालुवाटारबाट निस्किनुपरेर पछारिन पुगेको टिप्पणी भएको थियो।

त्यसबेला तत्काली नेकपा विभाजित भएपछि माओवादीसमेतको साथ लिएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए।

अहिले पहिलो दल बनेको कांग्रेस र देउवालाई समेत प्रतिपक्षमा धकेल्दै ओली र प्रचण्ड बालकोटको बार्दलीमा उभिए। 
तर मंसिर ४ को चुनावपछिको नयाँ जनादेशसँगै सत्ता गठबन्धनमा खटपट हुँदा आइबार अनौठो देखियो।

बालुवाटारमा आइबार बिहान भएको सत्ता गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै छोड्न मानेनन्। 

देउवा तयार नभएपछि अहिले नै प्रधानमन्त्री हुन चाहेका प्रचण्ड त्यहाँबाट गठबन्धन ब्रेक भएको घोषणासहित बालकोट पुगे।

जहाँ पुगेर एमाले, माओवादीसहित अन्य साना दलको बैठकले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय लियो।

उक्त निर्णयसँगै प्रचण्डको पक्षमा १६६ सांसद उभिने ग्यारेन्टी भयो। त्यसपछि उपस्थित पत्रकारहरुले ओली र प्रचण्डलाई बालकोटको बार्दलीमा उभिन भने। 

भुइँतलामा भएको उक्त बैठकपछि पत्रकाहरुले ओली र प्रचण्ड दुवैलाई बालकोटको बार्दलीमा जान भने।

पत्रकार र समर्थकको आग्रहपछि ओली र प्रचण्ड दुवै बालकोटको बार्दलीमा पुगेर उभिए अनि अभिवादन गरे।

त्यसपछि उनीहरु बहुमतको सरकार दाबी गर्न राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगिसकेका छन्। सम्भवत: प्रचण्ड आजै प्रधानमन्त्रीमा नियुक्त हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .