राजनीति


समाजवादीलाई आएन सरकारको औपचारिक प्रस्ताव, उपमहासचिव खतिवडा भन्छन् : त्यसबारे अब छलफल हुँदैन

समाजवादीलाई आएन सरकारको औपचारिक प्रस्ताव, उपमहासचिव खतिवडा भन्छन् : त्यसबारे अब छलफल हुँदैन

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा। तस्बिर : नेपालखबर


नेपालखबर
पुस १८, २०७९ सोमबार १७:५४, काठमाडौँ


नेकपा एकीकृत समाजवादी पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने सम्भावना कमजोर भएको छ।

चार दिनदेखि सचिवालय, स्थायी समिति र पोलिटब्युरो बैठकमा केन्द्रित एकीकृत समाजवादीलाई सरकारमा आउन कसैले प्रस्ताव नै नगरेको हो।

१८ महिनासम्मका सहयात्री प्रचण्डले अघिल्लो आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एक्लै बालकोट गएर सम्झौता गरेपछि समाजवादी निराश छ। 

यस्तोमा जारी बैठकमा सरकारमा जानेबारे अनौपचारिक कुरा भए पनि प्रस्ताव नै नआएकाले त्यसतर्फ तत्कालै सोच्न नहुनेमा  नेताहरु पुगेका हुन्। 

'बैठकले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको भूमिका र सरकारलाई हेर्ने दृष्टिकोण र भावी योजनाबारे छलफल गरिरहेको छ', समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, 'संगठनका योजनाबारे पनि कुरा भएको छ। सरकारमा जानेबारेमा औपचारिक प्रस्ताव कसैले राखेको छैन। प्रस्ताव नै नआएपछि यस विषयमा छलफल गर्नुपर्दैन। तर सरकारलाई हेर्ने दृष्टिकोणमा भने छलफल भइरहेको छ। सरकारमा जानेबारे कुरा भएको छैन।'

खतिवडाका अनुसार सोमबारको पोलिटब्युरो बैठकमा ३० जनाजतिले धारणा राखेका छन्। 'अधिकांशत: आफ्नो पार्टीलाई सवल बनाएर शक्ति सुदृढीकरण गरेर मात्रै उपलब्धी हुन्छ भन्नेमा हुनुहुन्छ। वाम एकता र वामपन्थीहरुलाई एकतावद्ध बनाउने कुरामा एकमत छ', उनले भने, 'त्यसमा हामीले निर्णय गर्नुपर्ने छ। १७/१८ महिनासम्म काम गरेको साथी अहिले प्रधानमन्त्री छन्। तर सकरारमा जाने प्रस्ताव नआएकाले अब त्यता सोचिँदैन। बरु नीतिगत प्रष्टता प्राप्त गर्न बैठकले निर्णय लिनेछ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad