राजनीति


नयाँ राष्ट्रपतिबारे माओवादीको निष्कर्ष : साझा व्यक्तित्व, सबै दलबीच सहमति

नयाँ राष्ट्रपतिबारे माओवादीको निष्कर्ष : साझा व्यक्तित्व, सबै दलबीच सहमति

बिहीबार बसेको माओवादी स्थायी समिति बैठक। तस्बिर : नेपालखबर


नेपालखबर
माघ १२, २०७९ बिहिबार १६:५८, काठमाडौँ

प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्र नयाँ राष्ट्रपतिको उम्मेदवार सबै दलले स्वीकार्ने प्रकृतिको हुनुपर्ने निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार दिउँसो बसेको स्थायी समिति बैठकमा राष्ट्रपति पदमा सबै दललाई स्वीकार हुने साझा व्यक्तित्व अघि सार्नुपर्ने निष्कर्ष निस्किएको हो।

बैठकपछि बोल्दै एकजना स्थायी समिति सदस्य देवेन्द्र पौडेलले राष्ट्रपति पद साझा भएकाले यसबारे सबै दलबीच गम्भीर छलफल हुनुपर्ने बताए।  

'राष्ट्रपति साझा पद हो। पुस २६ गते प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिए जस्तै साझा रुपमा चुन्नुपर्छ', उनले भने, 'संविधानको संरक्षणका लागि पनि साझा व्यक्तिको आवश्यकता छ। संसदको बनावटअनुसार यसलाई हामीले पाँच वर्ष लैजानुपर्छ।'

उनले आफूहरु सहमतिकै व्यक्ति खोज्ने पक्षमा रहेको बताए। 'हामी सकेसम्म सहमतिकै व्यक्ति खोजौँ', उनले भने, 'भारतमा पनि एपीजे अब्दुल कलामको नाममा सहमति भएको थियो। राष्ट्रपति सम्मान प्राप्त गरेको व्यक्तिलाई लाने भन्ने हाम्रो धारणा हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .