ad ad

राजनीति


माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

फाइल तस्बिर।


नेपालखबर
माघ २०, २०७९ शुक्रबार १०:१६, काठमाडौँ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सुरु हुने बताइएको छ। 

आजको बैठकमा पछिल्ला राजनीतिक र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीले राखेका मागको बारेमा छलफल हुने बताइएको छ।

बिहीबार पनि स्थायी कमिटी बैठक बसेको थियो। बिहीबारको बैठकमा रवि लामिछानेबारे सर्वोच्च अदालतले दिएको नागरिकता विवादमा फैसलाको पूर्णपाठ नआउन्जेल उसले धैर्य गर्नुपर्ने निष्कर्ष निकालिएको प्रवक्ता कृष्णबहाहुर महराले जनाएका थिए।

फरक प्रसंगमा महराले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह रास्वपालाई नै दिनुपर्छ भनेको कुराले गठबन्धनमा फरक नपर्ने समेत बताएका थिए। 

यीनै विषयमा आज पनि बैठकमा थप छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .