राजनीति


कांग्रेसले देश विकास सोचेको पनि छैन, देखेको पनि छैन : ओली

कांग्रेसले देश विकास सोचेको पनि छैन, देखेको पनि छैन : ओली

संसदलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
माघ २२, २०७९ आइतबार १४:४५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि खनिएका छन्। 

आइतवार बसेको प्रतिनिधसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले कांग्रेसलाई निशाना साँधेकाहुन्। 

उनले कांग्रेस पटक पट सत्तामा आउँदा देश विकासबारे सोच्दै नसोचेको पनि बताएका छन्। 

कांग्रेसले देश विकास सोचेको पनि छैन, देखेको पनि छैन र पढेको छैन', उनले भने, 'उहाँहरुकै अभिव्यक्तिले त्यो कुरा पुष्टि गरिरहेको छ।'

उनले अहिलेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार राष्ट्र समृद्ध बनाउन लागिरहेको बताएका छन्। 

'राष्ट्र समृद्ध बनाउने र जनतालाई सुख दिने काम हामी गर्छौँ', उनले भने, 'चाहिएको त्यही हो। देशको विकास र गरिबी निवारण, सुशासन र भ्रष्टचाचार नियन्त्रणमा हामी लाग्छौँ। हो त्यही चिज यो सरकारले गर्छ।'

उनले यो सरकारलाई तलमाथि गर्ने कोसिस नगर्न पनि कांग्रेसलाई चेतावनी दिए। 'यो सरकारलाई तलमाथि गर्ने प्रयास लोकतन्त्र र जनताको पक्षमा पनि छैन', उनले भने, 'राम्रो काम गरेको अर्को वैकल्पिक शक्ति पनि छैन। त्यसैले यो सरकारलाई तलमाथि गर्ने कोसिस नगर्नू।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad