राजनीति


एमालेले बोलायो सचिवालय बैठक, एजेन्डा सरकार र राष्ट्रपति निर्वाचन

एमालेले बोलायो सचिवालय बैठक, एजेन्डा सरकार र राष्ट्रपति निर्वाचन

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०७९ बिहिबार १३:५६, काठमाडौँ

सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। 

राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते मनोनयन हुनुअघि सचिवालय बैठक डाकिएको उपमहासचिव विष्णु रिमालले बताए।

रिमाले राष्ट्रपति निर्वाचनसहित पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताएका छन्। 

फागुन १३ गते दिउँसो राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ।

एमालेको यो बैठकले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार पनि  तय गर्ने छ। एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ।

पुस १० को सहमति अनुसार वर्तमान सत्ता गठबन्धनबाट एमालेले राष्ट्रपति पद पाउनु पर्ने हो। 

तर पुस २६ मा नेपाली कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सहमतिको पक्षमा उभिएका छ्न्।

यस्तोमा बिहीबारसम्मको घटनाक्रमअनुसार एमालेले राष्ट्रपति पद गुमाउने अवस्था आएको छ।

अहिले नेपाली कांग्रेसले राष्ट्रपति पद लिने गरी प्रचण्डलाई पुस १० मा विघटन भएको पाँच दलीय गठबन्धनमा फर्काउने अन्तिम कसरत गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .