राजनीति


शंकर पोखरेल भन्छन्– प्रचण्ड देशको पक्षमा उभिन नसक्ने पक्षमा पुगे

शंकर पोखरेल भन्छन्– प्रचण्ड देशको पक्षमा उभिन नसक्ने पक्षमा पुगे

फाइल।


नेपालखबर
फागुन २१, २०७९ आइतबार १३:४९, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन्।

विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रर्दशन गर्न पुग्नु परेको महासचिव पोखरेलको तर्क छ।

२४ औं यदु स्मृति दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। 

‘पार्टी भित्रको अन्तरसंघर्षमा सही कुरालाई निषेध गर्दा के हुँदो रहेछ भन्ने कुरा सायद आज प्रचण्डले व्यहोरिरहेका पीडाहरु त्यसैसँग जोडिएका छन भन्ने मलाई लाग्दछ। यदु गौतमका कुराहरु सुनेको भए आज प्रचण्ड आफ्नो देशको पक्षमा उभिन नसक्ने मुलुकको प्रधानमन्त्री यस्तो बिडम्बनापूर्ण राजनीतिको यात्रा गर्नु पथ्र्यों उहाँले,’ महासचिव पोखरेलले भने, ‘एउटा क्रान्तिकारी, जसले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवादविरुद्धको नेतृत्व ग¥यो। आज मुलुकको बारेमा फैसला गर्नुपर्दा चाँही उभिन सक्ने अवस्थामा छैन।’

महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरुले देशलाई जोगाउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परे पनि उनले त्यसलाई धान्न नसकेको बताए।

‘के कारणले गर्दाखेरी छैन भने उग्रवामपन्थी अतिवादका कारणले गर्दाखेरी गरेको मानवताविरुद्धको अपराधका कारणले गर्दा ऊ यति कायर बनेको छ कि ऊ देशको पक्षमा उभिन सक्दैन। जनताको पक्षमा उभिन सक्दैन। तर शक्ति संघर्षमा वडा चलाखीका साथ नेतृत्व प्राप्त त गरेको छ’, पोखरेलले अघि भने, ‘तर, देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य छैन। किनकी विगतमा अवलम्बन गरेको बाटो गलत थियो भन्ने कुरा त्यो कायरताले प्रकट गर्छ भन्ने मलाई लाग्दछ। कुनै पनि आन्दोलन सही हुन्थ्यो भने एउटा नेता कायम हुने थिएन।’

प्रचण्डले  जनताले रुचाएको शासनको नेतृत्व गर्न नचाहेको उनको भनाई छ। 

‘तर पाँच दलीय गठबन्धन असफल भईसकेको छ भन्ने सन्दर्भमा त्यसबाट मुलुकलाई जोगाउनुपर्छ भन्ने मान्यताको आधारमा हामीले माओवादी केन्द्रसँग एकताका लागि पहल गर्‍यौं। सहकार्यका लागि पहल गर्‍यौं,’ पोखरेलले भने, ‘पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायौं। देश बडा संकटमा परेको बेलामा, आर्थिक संकट परेका बेलामा नयाँ सरकार बनेपछि केही आशाको सञ्चार पनि भयो। वित्तिय संकट सुधार उन्मुख हुन थालेको थियो। तर पुष्पकमल दाहाल प्रचण्डले देशको हितको यो कदमलाई बोक्न सक्नु भएन।’

महासचिव पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समिकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको पटकपटक दोहोर्‍याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .