राजनीति


प्रदेश १ र ५ को नाम र राजधानी टुंग्याउन नेकपा सचिवालय बैठक बस्दै

प्रदेश १ र ५ को नाम र राजधानी टुंग्याउन नेकपा सचिवालय बैठक बस्दै

नेपालखबर
पुस १७, २०७६ बिहिबार ४:१६,

सत्तारुढ नेकपाको सचिवालय बैठक आज (बिहीबार) दिउँसो बस्दै छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए।

‘बैठकमा नयाँ सभामुख चयन, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफल हुनेछ,’ प्रवक्ता श्रेष्ठले नेपालखबरसँग भने।

अर्का एक सचिवालय सदस्यले आजको बैठकले प्रदेश १ र ५ को नाम र राजधानी बारे निर्णय गर्ने संभावना रहेकाे बताए।

‘आजको बैठकले प्रदेश १ र ५ को नाम र राजधानी बारे निर्णय गर्ने सम्भावना पनि छ,’ उनले भने।

१३ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेर प्रदेश सभालाई त्यसै अनुसार गर्न निर्देशन गरेको थियो।

बलात्कार प्रयास आरोप लागेपछी तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजिनामा दिएपछी सभामुख रिक्त छ।

सभामुख बारे प्रधानमन्त्री ओली र अध्यक्ष ओलीबिच सहमती नजुट्दा संसद बैठक दुई पटक सूचना टाँस गरेर स्थगित गरिएको छ। आजको बैठकमा यसबारे पनि छलफल हुने सम्भावना छ।

नेकपामा नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन।

पूर्व एमालेबाट सुवासचन्द्र नेम्बाङ र पूर्व माओवादीबाट अग्नी सापकोटा सभामुखका मुख्य दावेदार छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख चयनका विषयमा पटक-पटक छलफल भए पनि सहमती जुट्न सकेको छैन।

नेकपामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा विवाद छ। आजको बैठकमा यो विषयमा पनि छलफल हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad