ad ad

राजनीति


उपनिर्वाचन : तीनवटै क्षेत्रमा राप्रपाले उम्मेदवार उठाउने

उपनिर्वाचन : तीनवटै क्षेत्रमा राप्रपाले उम्मेदवार उठाउने

नेपालखबर
चैत १३, २०७९ सोमबार १८:१३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ।

आगामी वैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन हुन गइरहेको तनहुँ–१, चितवन–२ र बारा–२ मा आफ्नो उमेदवार खडा गर्ने राप्रपाले जनाएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक निर्वाचन परिचालनका लागि बारा–२ मा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन–२ मा उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ–१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकेको छ।

यस्तै, पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी ०८० वैशाख २९ र ३० गते काठमाडौंमा बस्ने गरि तय गरिएको छ।

राप्रपाले हालै सम्पन्न निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समिक्षा र आगामी रणनीतिबारे बृहत छलफल गर्न आगामी वैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ।

राप्रपाले सबै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आफ्नो जिल्ला बाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने निर्णय गरेको पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .