तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले पकड बनाउँदै लगेका छन्।
१६ वटा वडाको मत गनिसक्दा नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनाल फराकिलो मतले पछि परेका छन्।
सोमबार बिहान साढे ११ बजेसम्मको परिणामअनुसार त्यहाँ वाग्लेले ११ हजार ४२८ मत ल्याइसकेका छन्।
सुरुदेखि नै अग्रता बनाएका वाग्लेले नेपाली कांग्रेसका गोविन्द भट्टराईसँगको मतान्तर ४ हजार ९६३ बनाएका छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका भट्टराईले ६ हजार ४६५ मत प्राप्त गरेका छन्।
त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७ सय ४८ मत ल्याएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार अहिलेसम्म त्यहाँ १६ वटा वडाको २२ हजार ३५८ मतगणना भइसकेको छ।
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया