ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता आज, ‘महत्त्वपूर्ण सम्झौता’मा हस्ताक्षर हुँदै

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता आज, ‘महत्त्वपूर्ण सम्झौता’मा हस्ताक्षर हुँदै

फाइल तस्बिर : प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदी।


नेपालखबर
जेठ १८, २०८० बिहिबार ६:२४, काठमाडौँ

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज दुईपक्षीय भेटवार्ता हुँदै छ। 

भ्रमण–तालिकाअनुसार आज बिहान ११ः०५ बजेदेखि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ।

यसलगत्तै पुनः प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ।

उक्त भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन गरी दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच ‘महत्त्वपूर्ण सम्झौता’ हुने दाबी गरेका छन्। 

भारतीय समकक्षी मोदीसँग भेट गर्नुअघि प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे १० बजे महात्मा गान्धीकोे समाधिस्थल राजघाट पुगी पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ।

भ्रमण टोलीसहित बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्ड चार दिन भारतमा रहनेछन्। चौथो दिन अपराह्न उनी दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .