राजनीति


प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रश्न गर्ने कार्यक्रम शुक्रबारलाई सारियो

प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रश्न गर्ने कार्यक्रम शुक्रबारलाई सारियो

नेपालखबर
जेठ ३२, २०८० बिहिबार १३:११, काठमाडौँ

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। 

हाल कायममुकायम प्रधानन्यायाधीश कार्कीले कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताए। 

सिंहदरबारमा आज बसेको समितिको बैठकमा उनलाई प्रश्न गर्ने र जवाफ माग्ने आजको कार्यक्रम शुक्रबार बिहान ८ बजेलाई सारिएको समितिले जनाएको छ।

आज संसद् बैठक भएकाले सुनुवाइ कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति पशुपतिशमशेर जबराले जानकारी दिए। बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेपछि आजलाई सुनुवाइ गर्ने समय तोकिएको थियो। 

कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्‌बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए। कामु प्रधानन्यायाधीस कार्कीविरुद्ध ३८ जनाले २९ उजुरी दर्ता गराएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .