राजनीति


चीन भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ, भन्छन् : लगानी र व्यापार बढाउन पहल गर्छु

चीन भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ, भन्छन् : लगानी र व्यापार बढाउन पहल गर्छु

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८० आइतबार १८:१, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबारबाट हुने आफ्नो चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुने बताएका छन्। 

आइतबार संसद भवनबाहरि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए। 

श्रेष्ठले चीनको सिचुआन प्रान्तस्थित छिन्दुमा आयोजना हुने ट्रेड इन्भेष्टमेण्टसम्बन्धी एक्स्पोमा विशेष अतिथिको रुपमा जान लागेको बताए। 

उनले छिन्दु नेपालबाट चीन प्रवेश गर्ने नाका भएकाले पनि उक्त कार्यक्रममा सहभागी हुनुले आर्थिक समृद्धिको एजेण्डालाई केही राहत मिल्ने र लगानी भित्र्याउन सकिने आश रहेको बताए।

उनले अहिले नेपालको  प्रमुख एजेण्डा आर्थिक समृद्धि भएको बताउँदै लगानी र व्यापार प्रवर्द्धनबारे छलफल हुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .