राजनीति


माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठक, वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहित नेताहरु बोल्दै

माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठक, वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहित नेताहरु बोल्दै

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
साउन १८, २०८० बिहिबार ११:५०, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दोस्रो दिन सुरु भएको छ।

प्रज्ञाभवन कमलादीमा सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरुले संगठनात्मक प्रस्ताव, राजनीतिक प्रस्तावसहित समसामयिक विषयमा बोल्दैछन्। 

बुधबार भएको उद्घाटनपछि अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना केन्द्रीय सदस्यहरू बोलेका थिए।

बुधबार बोल्नेहरुले पार्टी शुद्धीकरण तथा सुदृढीकरण, युवा नेतृत्वको विकास वामपन्थी एकतासहितबारे बोलेका थिए।

बुधबारको बैठकमा अध्यक्ष प्रचण्ड परिवारकेन्द्रित भएको, नेताहरुमा भ्रष्ट प्रवृत्ति देखिएकोसहितका विषय उठाएका थिए।

बिहीबारको बैठकमा १५० जना सदस्यले बोल्न नाम टिपाएका छन्।

सबै सदस्यहरूलाई बोल्न ५ मिनेटको समय उपलब्धय गराइएको छ।

बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म बस्ने सचिव उपाध्यायले बताए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad